काठमाडौं- बितेको २४ घण्टामा नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो।
४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन्। यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।
यसै बिच बितेको २४ घण्टामा ५ जना कोरोना संक्रमितको देशभर मृत्यु भएको छ।