अत्तरिया - सुदूरपश्चिम प्रदेशमा आज ३ सय ८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशभरी पछिल्लो २४ घण्टामा १ हजार ३४४ जनाको नमूना परीक्षण गर्दा ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएकामा १ सय १३ जना संक्रमित भारतबाट आएका हुन् । यो सँगै यस प्रदेशमा सक्रिय संक्रमतिको संख्या ३ हजार ३ सय ४३ पुगेको छ ।