काठमाडौं- नेपालमा एकैदिन १६ कोरोना संक्रमितको मृत्यु भएको छ। लामो समयदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या १० भन्दा कम थियो। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार एकैदिन थप १६ जना संक्रमितको मृत्यु भएको छ। यो पछिल्लो समयको सबैभन्दा धेरै संख्या हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ।