अत्तरिया - सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण निरन्तर रुपमा उकालो लाग्दै गएको छ । प्रदेशभर दैनिक संक्रमणको दर बढ्दो क्रममा रहेको हो ।
प्रदेशभर आज ५ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार २५० जनाको परीक्षण गर्दा ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
जसमा १ सय ६८ जना संक्रमित आजै भारतबाट आएका थिए । यो संगै सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमतिको संख्या ३ हजार ३९३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।