धनगढी- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा २८३ जनामा कोरोना परिक्षण गरिएकोमा १६७ जनामा संक्रमण पुष्टि हो ।यस्तै ११६ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये २ जना आइसियुमा र १ जना भेन्टिलेटरमा उपचार भईरहेको छ । त्यस्तै , आज अस्पतालमा २ जना नयाँ बिरामी भर्ना भएका छन् भने ७ जना निको भई घर फर्केका छन् ।