अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनगढीको सेती प्रादेशिक अस्पताल उपचाररत गोदावरी ४ घर भएका ७६ वर्षीय वृद्धको मृत्यु भएको हो ।
उनको मंगलबार राति उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । उनी गत पुष २२ गतेबाट अस्पतालमा उपचाररत रहेका बताइएको छ ।