अत्तरिया - सुदूरपश्चिम प्रदेशमा आज थप ४ सय ८८ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको अबधिमा एक हजार ५३६ जनाको नुमना परीक्षण गर्दा एकैदिन ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएकामध्ये १ सय १ जना आजै भारतबाट आएका नागरिक रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
जसमा त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४६ र जुलाघाटबाट फर्केका ५ जना रहेका छन् ।