अत्तरिया - सुदूरपश्चिम प्रदेशमा आज १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन । प्रदेशका बिभिन्न प्रयोगशाला मार्फत १ सय ५३ जनाको नमूना परीक्षण गर्दा थप १४ जना नयाँ संक्रमित थपिएका हुन् ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालकोे प्रयोगशालामा ६४ जनाको नमुना परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको छ । तिनै जना धनगढी उपमहानगरपालिकाका हुन् ।
उता डोटी अस्पतालको प्रयोगशालामा २३ जनाको नमूना परीक्षण गर्दा १ जना र जिल्ला अस्पताल बझाङ्गमा ४२ जनाको नमून परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै गरेर सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या १४ हजार २ सय १६ पुगेको छ ।