अत्तरिया - सुदूरपश्चिम प्रदेशमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न ३ वटा प्रयोगशालामा मार्फत २ सय ५२ जनाको नमुना परीक्षण गर्दा थप २९ जनामा कोरोना पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५ जनाको नमुना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ अनुसार धनगढी उपमहानगरपालिकाका १७ जना , लम्किचुहा नगरपालिका नगरपालिकाका ४ जना, कैलारी गाउँपालिका र गोदावरी नगरपालिकाका १÷ १ जना , कञ्चनपुरको बेलौरी नगरपालिकाका २ जना र लालझाडी गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । यता डडेल्धुरा अस्पताल प्रयोगशालामा ३६ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार २ सय २१ पुगेको छ।