अत्तरिया - पछिल्लो युवा पुस्ताका चर्चित लोकपप गायक चेतन बोहरा र मेलिना मैनालीको सुमधुर स्वरमा रहेको सबै नेपालीलाई रुवाउने फुलको माला गित सार्वजनिक भएको छ ।
बर्षा भण्डाराको उत्कृष्ट शब्दमा तयार पारिएको यस गितको म्युजिक भिडियो चेतन बोहरा युटुब च्यालनवाट सार्वजनिक भएको हो ।
भिडियो बिहिबार सार्वजनिक भएपनि प्राविधिक समस्या आएपछि शुक्रबार पुनः अपलोड गरिएको गायक बोहराले बताए । गितको म्युजिक भिडियो स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुलाई रुवाउने खालको रहेको छ ।
नेपालीको महान चार्ड बिजया दशमी नजिकिदै गर्दा घर परिवारवाट रोगजारीका लागि टाढा रहेको र घर फर्किन नपाउदाँको पिडालाई समेटेर गित तयार परिएको छ ।
उक्त गितको म्युजिक भिडियोमा गायक बोहरा आफैले अभिनय गरेका छन् भने उनलाई बर्षा भण्डाराले साथ दिएका छन् । हिमसागर बमले सम्पादन गरेको म्युजिक भिडियोको छायाँकन राम केसीले गरेका हुन् ।
गायक बोहराले केही समय अगाडी काफल गेडी बोलको गित बजारमा ल्याएका थिए । उनले बजारमा ल्याएका युवापुस्ताहरुलाई नचाउने खालका डिजे गितहरु अहिले पनि चर्चामा रहेका छन् ।
भिडियो हेर्नुस....