महेन्द्रनगर - राष्ट्रिय जनमोर्चा कञ्चनपुरको अध्यक्षमा राम बहादुर कार्की चयन भएका छन् । जनमोर्चा कञ्चनपुरको शनिबार सम्पन्न भएको पाँचौ जिल्ला सम्मेलनबाट अध्यक्षमा कार्की चयन भएका हुन् ।
उपाध्यक्ष मञ्जु परियार, सचिव अहिमान थापा, कोषाध्यक्ष हरि लम्साल, सचिवालय सदस्य लाल बहादुर कुँवर, सदस्य सहवीर सुनार, रङ्ग बहादुर चौधरी, चक्र रैकाल, निरु कोली, दयाराम अधिकारी, रामा नेपाली, विक्रम चौधरी, लल्तु राना, गौरा सार्की, गोबिन्द बोहरा चयन भएका छन् । भने वैकल्पिक जिल्ला सदस्यमा राज बहादुर राना, शुशिला पण्डित, पुथ्वी केसी, शुशिला नेपाली र सल्लाहकारमा जय बहादुर मल्ल, कुवेर नाथ, लाहानु चौधरी, भक्त बहादुर सुनार र सुरेन्द्र चौधरी रहेका छन् ।
जिल्ला सम्मेलनले संघीयता खारेजीसहित १८ बुँदे प्रस्ताव पारित गरेको छ ।