अत्तरिया - कैलालीको अत्तरियामा पहिलो पटक एभरेष्ट एकेडेमी गोदावरी म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । अत्तरिया जेसिज र लायन्स क्लब अफ अत्तरिया सिटीको संयुक्त आयोजनामा हुन गैरहेको प्रतियोगिताको बारेमा सोमवार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
स्वास्थ्यका लागि दौड , राष्टका लागि दौड भन्ने मुल नाराका साथ यहि चैत्र २९ गते प्रतियोगिता हुने खेल संयोजक रवि खनालले जानकारी दिए । १८ बर्ष देखी ४० बर्ष सम्मका जुनसुकैले स्वास्थ्य ब्यक्ति पनिले सहभागिता जनाउन पाउने उक्त प्रतियोगितामा प्रथम हुने नगद २० हजार ,द्धितिय हुनेले १० हजार र तृतिय हुनेले ५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने उनले बताए ।
दौड अत्तरिया देखी गोदावरी सम्म ७ कि।मी को हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक एभरेष्ट एकेडेमी र सह प्रायोजक अत्तरिया उधोग बाणिज्य संघ रहेका छन् । गोदावरी नगरपालिका प्रबद्धकमा रहेको सो प्रतियोगितामा सुदुर गारमेन्ट , सोल्टी फ्याक्स एण्ड प्रिन्ट , गोदावरी चेम्बर अफ कर्मश , पिजि वाटर , पदमा अस्पताल , गोदावरी एफ एम , अग्नी पोष्ट दैनिक लगाएतका संघसस्थाहरु सहयोगी रहेका छन् । प्रतियोगिता बिहान ६ बजेदेखी सुरु हुने आयोजक अत्तरिया जेसिज बर्ष २०१९ का अध्यक्ष गणेश शाहले जानकारी दिए ।
सुदुरपश्चिम प्रदेशको राजधानीका लागि गोदावरी तोकिएप्छि त्यसको अवसरमा तथा गोदावरी धार्मिक क्षेत्रको प्रचार प्रसारका लागि पहिलो पटक अत्तरियामा म्याराथुन आयोजना गरिएको अध्यक्ष शाहले बताए । उनले पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितालाई सफल बनाउन बैलाई सहयोग गरिदिन आग्रह गरे ।
यो पनि हेर्नुहोस्
‘अव धनगढी दौडिन्छ’-बैशाख १ गते